मोरङ कारागारमा कैद भुक्तान सकिने दिन कैदीको मृत्यु

राम्रो अनलाइन     ०९ पुस २०८०, सोमबार
मोरङ कारागारमा कैद भुक्तान सकिने दिन कैदीको मृत्यु

विराटनगर– लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका– १० का चण्डेश्वर सहनीको आज बिहान  करिब साढे ६ बजे मृत्यु भएको छ । उनको  कैद भुक्तान अवधी आज सकिंदै थियो । 

छुट्ने दिन नै उनको मृत्यु भएकाले उनका आफन्त आक्रोशित बनेका छन् । पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार कारागार प्रशासनले उनलाई कोशी अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । 
 

प्रतिक्रिया