मन्त्रीको गाडीमा आगजनी, बालकुमारी क्षेत्र तनावग्रस्त

राम्रो अनलाइन     १३ पुस २०८०, शुक्रबार
 मन्त्रीको गाडीमा आगजनी, बालकुमारी क्षेत्र तनावग्रस्त

काठमाडौँ– रोजगार अनुमति प्रणाली (ईपीएस परीक्षा)को विषयमा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका युवाहरूले एक मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् । 

ललितपुरको बालकुमारीमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा प्रदर्शनकारीहरुले आगजनी गरेका हुन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको उक्त गाडीबाट प्रदर्शनकारीले मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर आगो लगाइदिएका थिए । उक्त गाडी ग्वार्कोबाट बालकुमारीतर्फ जाँदै गरेको थियो । 

प्रदर्शनकारीले सडकमै आगजनी गरेर प्रदर्शन गरेपछि यतिबेला बालकुमारी क्षेत्र तनावग्रस्त छ । आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले  अश्रुग्यास प्रहार गरेको छ ।  

अहिले आन्दोलनका कारण कोटेश्वर–कलंकी सडकको यातायात प्रभावित भएको छ ।
 

प्रतिक्रिया