काठमाडौं– माइतीघरको निषेधित क्षेत्रमा प्रवेश गरी प्रदर्शन गर्न खोजेपछि जनमत पार्टीका अध्यक्ष सिके राउतसहित ५१ जना बढी कार्यकर्तालाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको छ । निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । उक्त क्षेत्रमा प्रदर्शन भएकाले प्रहरीले नियन्त्रणमा लिएको हो । चेतावनी दिँदा पनि नमानेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
निषेधित क्षेत्रमा धोती दिवस मनाउँदा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।