टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

राम्रो अनलाइन     २३ पुस २०८०, सोमबार
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२६ गोँङ्गबु मित्रनगर एक नम्बर गेट नजिक सडकमा बा प्र ०३–००१ प ०५०० नं को टिपरले बा ५४ प ५२६६ नं को मोटरसाइकललाई गएराति ठक्कँर दिँदा मोटरसाइकलमा सवार काठमाडौँ तारकेश्वर नगरपालिका चिसापानी बस्ने गोरखा घर भएका २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रधानकार्यालयले जनाएको छ । 
 

प्रतिक्रिया