काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन् ।
प्राधिकरणमा खनालको पदावधि २०८१ साउनसम्म हुने थियो । प्राधिकरण माथि भ्रष्टाचारको आरोपमा अहिले अख्तियार दुरुयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। अवैध फोनका गतिविधि अनुगमन गर्ने प्रविधि (टेरामक्स) र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियाबारे छानबिन भइरहेको थियो ।