विराटनगर– विराटनगर कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अम्बर बहादुर विष्ट सर्वसम्मत चयन भएका छन् । कोशी प्रदेशसभाको आज (मंगलबार) बसेको बैठकबाट उनी सर्वसम्मत चयन भएका हुन् ।
सरकार गठनमा सहयोग गर्न तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनदेखि कोशी प्रदेशमा सभामुख रिक्त थियो । सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिएपछि नेकपा एमालेले पनि उम्मेदवारी नदिने निर्णय गरेको थियो ।