क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

तीन लाख जरिवाना र पीडितलाई २ लाख क्षतिपूर्ति दिनुपर्ने
राम्रो अनलाइन     २५ पुस २०८०, बुधबार
 क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं– जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।

 जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको छ । १३ पुसमा बलात्कार मुद्धामा दोषी ठहर भएका लामिछानेलाई  सजाय भने आज तोकिएको हो । 

प्रतिक्रिया