मोहम्मद अफताब आलमको मुद्दा स्थगितको सूचीमा

राम्रो अनलाइन     २९ पुस २०८०, आइतबार
मोहम्मद अफताब आलमको मुद्दा स्थगितको सूचीमा

रौतहट– रौतहटको इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका अभियुक्त कांग्रेस नेता मोहम्मद अफताब आलमको मुद्दा स्थगितको सूचीमा परेको छ । फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको हो । 

७ न्यायाधीशको दरबन्दी रहेको रौतहट जिल्ला अदालतमा आइतबार दुई न्यायाधीश मात्रै उपस्थित भएका थिए । न्यायाधीश अभावमा उक्त मुद्दाको पेसी स्थगितमा परेको हो ।

२०७६ साल कात्तिक १८ गते दर्ता भएको मुद्दा ४ वर्ष कटिसकेको छ । २०६४ सालको संविधानसभा निर्वाचनको समयमा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप लागेका उनको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको थियो । 

प्रतिक्रिया