चीनमा गएको पहिरोमा परी ४७ जनाको मृत्यु

राम्रो अनलाइन     ०८ माघ २०८०, सोमबार
चीनमा गएको पहिरोमा परी ४७ जनाको मृत्यु

चीन– चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ५ः५१ बजे झाओटोङ शहरको लियाङसुई गाउँमा गएको पहिरोमा बेपत्ताको खोजी गर्न ३३ वटा दमकल र १० लोडिङ मेसिनसहित २ सयभन्दा बढी उद्धारकर्ता परिचालन गरिएको  छ । 

यस बारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । यसै बीच राष्ट्रपति सी चिनफिङले सो प्रकृतिक विपत्तिमा परेकाहरूको उद्धारकार्यलाई तीव्रता दिन आग्रह गरेका छन् ।


 

प्रतिक्रिया