भारतले आजबाट सर्वसाधरणलाई कोरोनाविरुद्धको खोप प्रदान गर्ने भएको छ । बिहान साढे १० बजे प्रधानमन्त्री नरेन्द्र मोदीले यसको उद्घाटन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
एक वर्षदेखि शीथिल बनेको अर्थतन्त्रलाई निकास दिन खोपले टेवा पु¥याउने बताइएको छ ।
भारले पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिनेलाई खोप दिने बताइएको छ । भारतले आफ्नै मुलुकमा उत्पादित खोप सर्वसाधरणलाई दिन लागेको हो ।
भारतले अक्स्फोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गरिरहेको छ । सोही खोप नेपाललाई पनि पनि उपलब्ध गराउने भारतले बताएको छ । खोपलाई नेपालले आपतकालिन प्रयोगका लागि अनुमति दिइसकेको छ ।