काठमाडौँ– किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको फिल्म ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक गरिएको छ ।माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्मको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान दिइएको छ ।
यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, कविता आले, विल्सन विक्रम राई, विनोद न्यौपाने, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, सविन बास्तोला लगायतका कलाकारको अभिनय छ ।
फिल्मको ट्रेलरमा भुकम्पको कथादेखि राजनीतिक कथालाई समेत जोडिएको छ । यस्तै, नायक सौगात मल्लको ‘बोतल राजा’को गेटअपले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने देखिन्छ । फिल्म ‘हात्तीछाप’ले पनि बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा फिल्मकर्मीको छ ।