सूर्यदर्शन सहकारीका थप २ पदाधिकारीविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस

राम्रो अनलाइन     १४ माघ २०८०, आइतबार
सूर्यदर्शन सहकारीका थप २ पदाधिकारीविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस

काठमाडौँ–  सूर्यदर्शन सहकारीका पदाधिकारीले गरेको बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा थप दुई जनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को महासचिवालयले आइतबार सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो । शुक्रबार यसमा जोडिएका मुख्य आरोपी जीबी राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएको थियो ।

प्रतिक्रिया