काठमाडौँ– भोलि शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘हात्तीछाप’ले देशभरका हलमा उल्लेख्य शो पाएको छ । यो फिल्मले देशभरका मल्टिप्लेक्स हलमा १६४ शो पाएको छ । फिल्मको बुधवारबाट अग्रिम टिकट बुकिङ समेत खुलिसकेको छ ।
अभिनेता दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी लगायतको कलाकारको अभिनय रहेको कारण फिल्मप्रति प्रदर्शकको आशा पनि उच्च देखिएको छ । त्यसैले पनि फिल्मलाई देशभरका मल्टिप्लेक्स हलमा १६४ शोज दिइएको छ । सिंगल हलहरूको समेत आँकडा गर्दा फिल्मले करिब २ सय शोज देशभर पाएको छ ।
सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । फिल्ममा दयाहाङ, सौगात र उपासनाको अलवा बेनिशा हमाल, कमलमणि नेपाल, विजय बराल, पुष्कर गुरुङ, वृद्धि तामाङ, सुष्मा निरौला, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ । फिल्मले प्रिमियरबाट राम्रो तारिफ पाएको थियो । फिल्ममा कलाकार दीपकराज गिरीको विशेष भूमिका छ ।