काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र पोर्चुगलका लागि राजदूत नियुक्त गरेका छन्।
शुक्रबार राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज पौडेललाई क्यानडा र शनिल नेपाल पोर्चुगलका लागि राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।
शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै प्रवक्ता भट्टराईले मन्त्रिपरिषद्को सिफारिस अनुसार पौडेल र नेपाल राजदूत नियुक्त हुनुभएको जानकारी गराएका हुन्।
