घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

राम्रो अनलाइन     २८ माघ २०८०, आइतबार
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – साताको पहिलो दिन (आइतबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेको छ । 

आजका लागि छापावल सुनको मूल्य एक लाख १८ हजार, तेजावी सुनको मूल्य एक  लाख १७ हजार ४५० रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको मूल्य एक हजार ३९० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, शुक्रबार एक लाख १८ हजार ५ सय रुपैयाँमा छापावल सुन र एक लाख १७ हजार ९५० रुपैयाँमा तोजावी सुनको कारोबार भएको थियो।   

प्रतिक्रिया