अरुण चौधरीसहित तीन जनालाई थुनामुक्त गराउने न्यायाधीशको सरुवा

राम्रो अनलाइन     २९ माघ २०८०, सोमबार
अरुण चौधरीसहित तीन जनालाई थुनामुक्त गराउने न्यायाधीशको सरुवा

काठमाडौँ–  बाँसवारी छाला जुत्ता कारखाना प्रकरणमा पक्राउ परेका अरुण चौधरी लगायत ३ जनालाई थुनामुक्त गर्न आदेश दिने न्यायाधीश यज्ञप्रसाद आचार्यको सरुवा भएको छ । 

जिल्ला न्यायाधीश आचार्यले सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको आरोप लागेका व्यापारी अरूण चौधरीलाई जमानतमा छोड्ने आदेश अस्वभाविक देखिएको भन्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मुगु जिल्ला अदालतमा काज सरूवा गरिदिएका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जग्गा हिनामिना प्रकरणमा उनीहरुलाई पक्राउ गरेपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश आचार्यले २ दिनभित्र अनुसन्धान सक्न वा थुनामुक्त गराउन आदेश दिएका थिए। 

अदाललते दिएको समयमा अनुसन्धान नसकिएपछि उनीहरुलाई छोडिएको थियो । सीआईबीले माघ १८ गते उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको थियो। 
 

प्रतिक्रिया