सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? 

राम्रो अनलाइन     २९ माघ २०८०, सोमबार
सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौँ–  साताको दोस्रो दिन (सोमबार) नेपाली बजारमा सुनको मूल्य  स्थिर रहेको छ । हिजो सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ञ् लाख १७ हजार ४५० रुपैयाँ रहेको छ ।                                

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १ हजार ३९५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।                                            
 

प्रतिक्रिया