नवलपरासी पश्चिममा हजुरबुवा र नाति मृत फेला

राम्रो अनलाइन     ०१ फागुन २०८०, मङ्गलबार
नवलपरासी पश्चिममा हजुरबुवा र नाति मृत फेला

नवलपरासी–  पश्चिम नवलपरासीमा हजुरबुबा र नातिको हत्या भएको छ। नवलपरासीको पश्चिमको सुस्ता गाउँपालिका– ३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनकै ११ वर्षीय नाति गौचरण चमार मृत अवस्थामा फेला परेका हुन् ।

उनीहरु आज बिहान ५ बजेर ५५ मिनेटमा घरदेखि करिब ५०० मिटर दक्षिणतर्फ मृत फेला परेका हुन् । उनीहरुको शव १५ मिटरको दुरी फरकमा उत्तानो परेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

नाति र बाजे दुवैको शरीरमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ  । बोहोराका छोरा रोजगारीका लागि भारतमा रहेको र बुहारी पनि एक छोरा र एक छोरीलाई लिएर एक महिनाअघि नै भारत माइत गएको स्थानीयको भनाई छ । 

छोरा बुहारी पनि नभएपछि नाति र वृद्ध बाजे एकान्तको घरमा बस्दै आएका थिए । त्यहि घरमा उनीहरुको हत्या भएको प्रहरीको निष्कर्श भएपनि घटनामा संलग्न कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ  । घटनाको अनुसन्धानका लागि घटनास्थलमा ठूलो संख्यामा प्रहरीहरु परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया