कुवेतलाई हराउँदै नेपाल एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनलमा

राम्रो अनलाइन     ०२ फागुन २०८०, बुधबार
कुवेतलाई हराउँदै नेपाल एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनलमा

काठमाडौँ–  नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । 

डिएलएस विधिमार्फत कुवेतले दिएको ५० रनको लक्ष्य नेपालले ३१ बल अगावै पूरा गर्यो । कप्तान इन्दु वर्मा २२ र कविता जोशी ४ रनमा अविजित रहे । सीता रानामगर १७ र कविता कुवर १ रनमा आउट भइन् ।

यसअघि मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएको थियो ।  

प्रतिक्रिया