त्रिविको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

राम्रो अनलाइन     ०७ फागुन २०८०, सोमबार
त्रिविको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

काठमाडौँ– शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरेको छ । समितिले चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको समिति स्रोतले जनाएको छ ।

सिफारिस समितिले २३ पुसमा त्रिवि उपकुलपतिमा दरखास्त आह्वान गर्दा ४२ जनाले निवेदन दिएका थिए । तीमध्येबाट २५ माघमा समितिले १४ जनाको नाम सर्टलिस्टमा राखेको थियो ।

कात्तिक १६ गते तत्कालीन उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि तत्कालीन रेक्टर प्रा।डा।शिवलाल भुसालले ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी पाएका थिए । तर त्यस अवधिमा पनि उपकुलपति छनोट नसकिएपछि पुनस् ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी पाएका छन् ।
 

प्रतिक्रिया