बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

राम्रो अनलाइन     ०७ फागुन २०८०, सोमबार
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– साताको दोस्रो दिन (सोमबार) सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख १७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने सोमबार १ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै चाँदीको मूल्य भने सोमबार घटेको छ । आइतबार तोलाको १ हजार ४३० रुपैयाँ रहेको चाँदी आज १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया