काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाका मुख्य जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्ने विषय आजै टुङ्गिने बताएका छन् ।
मंगलबार बालुवाटारमा ‘गोरखा पत्रकार समाज नेपाल’का नवनिर्वाचित कार्यसमितिसँगको कुराकानीमा प्रचण्डले ज्वालाको विषय अध्ययन भइरहेको बताएका हुन् । अध्ययनपछि आजै यो विषयमा के गर्ने भन्नेबारे टुङ्गो लगाइने प्रचण्डको भनाइ थियो ।
उच्चस्तरीय जाँचबुझ आयोगले दुई जनाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पनि जिम्मेवार भएको निष्कर्ष निकालेको थियो । सो निष्कर्षपछि प्रमुख विपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका थिए ।
_1708410697.jpg)