ललिता निवास क्षेत्र ७ दिनभित्रमा खाली गर्न काठमाडौँ महानगरको आग्रह

राम्रो अनलाइन     ०९ फागुन २०८०, बुधबार
ललिता निवास क्षेत्र ७ दिनभित्रमा खाली गर्न काठमाडौँ महानगरको आग्रह

काठमाडौँ – काठमाडौं महानगरपालिकाले वडा नं. ४ मा रहेको ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई आग्रह गरेको छ । विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न भनेको हो । 

सूचनामा भनिएको छ – ‘स्थानीय सरकार सञ्चालन ऐनअनुसार अदालतको फैसलाबाट सरकारी स्वामित्वमा आएको जग्गाको संरक्षण गर्नु महानगरको दायित्व हो,’ महानगरको सूचनामा भनिएको छ,‘ ७ दिन भित्र उक्त जमिनमा रहेको संघ, संस्था र विभिन्न संरचना हटाउन महानगर अनुरोध गर्दछ । अन्यथा कानुन बमोजिम हटाइने ब्यहोरा जानकारी गराइन्छ ।’

तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने चेतावनी समेत महानगरले दिएको छ । 

 

 


 

प्रतिक्रिया