२७३ किलो गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

राम्रो अनलाइन     १३ फागुन २०८०, आइतबार
२७३ किलो गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

सुनसरी– सुनसरीको चतराबाट सशस्त्र प्रहरी बलले गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । वराहक्षेत्र नगरपालिका–१ स्थित चतराबाट को.१च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिइएको हो ।

एम्बुलेन्सबाट २७३ किलो गाँजा सशस्त्र प्रहरीको सुरक्षा बेस चतराले नियन्त्रणमा लिएको छ । चतराबाट सूर्यकुण्ड जाने भित्री सडकमा रोकेर राखेको एम्बुलेन्स जाँच गर्दा ९ वटा पोकामा गाँजा भेटिएको थियो । गाँजा र एम्बुलेन्स इलाका प्रहरी कार्यालय चक्रघट्टीमा बुझाइएको छ ।

प्रतिक्रिया