मिटरब्याज पीडितहरूलाई सरकारले वार्ताका लागि बोलायो

राम्रो अनलाइन     १३ फागुन २०८०, आइतबार
मिटरब्याज पीडितहरूलाई सरकारले वार्ताका लागि बोलायो

काठमाडौँ– काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका मिटरब्याज पीडितहरूलाई गृह मन्त्रालयले वार्ताको लागि बोलाएको छ । 

२३ दिनदेखि पैदल हिँडेर न्याय मार्च गरेको मिटरब्याज पीडितसँग वार्तासँग गृह मन्त्रालयले वार्ता टोली बनाएको छ । मन्त्रालयका सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन भएको हो ।

मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति मार्फत देशभरका मिटरब्याज पीडितहरू विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका छन् । यतिबेला उनीहरू काठमाडौँ भेला भएर विरोध प्रदर्शन गर्नुका साथै सिंहदरबार मार्चपास समेत गर्दै आएका छन् । 

प्रतिक्रिया