सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा वर्षाको सम्भावना

राम्रो अनलाइन     २९ फागुन २०८०, मङ्गलबार
सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा वर्षाको सम्भावना

 

काठमाडौं–  आज मौसममा सामान्य बदली भएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण मौसममा आंशिक तथा सामान्य बदली भएको हो ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

प्रतिक्रिया