बेलौरीमा फोहर पानी प्रशोधनसहितको ढल निर्माण हुँदै

राम्रो अनलाइन     २९ फागुन २०८०, मङ्गलबार
बेलौरीमा फोहर पानी प्रशोधनसहितको ढल निर्माण हुँदै

कञ्चनपुर– बेलौरी नगरपालिकामा फोहर पानी प्रशोधनसहितको ढल निर्माण अगाडि बढाइएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रु १८ करोडको लागतमा बेलौरी बजार क्षेत्रमा प्रशोधनसहितको ढल निर्माण सुरु गरिएको हो । 

बेलौरी बजारको नौ किलोमिटर क्षेत्रमा ढल निर्माण भइरहेको नगर प्रमुख पोतिलाल चौधरीले बताए । ‘ढल निर्माणका लागि ड्रेन निर्माण भइरहेको छ, ढल निर्माणपछि  त्यसमा पाइप राख्छौँ,’ उनले भने, ‘ढलको पानी पाइपमार्फत प्रशोधन केन्द्रसम्म पुर्‍याउछौँ ।’ बजार क्षेत्रको प्रदूषित पानी मेसिनको सहायताले प्रशोधन गरिने उनले बताए ।
 
प्रशोधन केन्द्र निर्माणका लागि एककठ्ठा जग्गा व्यवस्थापन गरिएको उनले बताए । ढल निर्माणसँगै प्रशोधन केन्द्रमा मेसिन राख्ने काम भइरहेको उनको भनाइ  छ । ‘ढलमै पाइप राखिने भएकाले पानी सिधैँ प्रशोधन केन्द्रमा पुग्छ’, उनले भने ।
 

प्रतिक्रिया