एपीएफको केन्द्रीय स्टोरमा आगलागी

राम्रो अनलाइन     २६ चैत २०८०, सोमबार
एपीएफको केन्द्रीय स्टोरमा आगलागी

 

काठमाडौँ– बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ। आगलागीबाट सशस्त्रको बन्दोबस्तीको सामान जलेको छ। एपीएफ अस्पतालसँगै रहेको बहुउद्देश्यीय भवनको केन्द्रीय स्टोरमा लत्ताकपडा र बुट लगायका बन्दोबस्तीका सामान स्टोर गरिएको हुन्छ।

हाल आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। विद्युत् सर्ट भएर आगो लागेको जनाइएको छ।

प्रतिक्रिया