काठमाडौँ–नेपाल प्रहरी श्रीमती सङ्घको सहकार्य तथा लेजर पोर्ट नेपालको आयोजनामा पिङ्क क्यारेथन (गुलाबी क्यारेथन) अन्तर्गत ‘वाल्क एण्ड रन’ प्रतियोगिता आज सम्पन्न भएको छ ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा प्रतियोगिता सम्पन्न भएको हो । उपप्रमुख डङ्गोलले झन्डा उठाएर प्रतियोगिताको शुभारम्भ गरेकी थिइन् । उनले वाल्क एण्ड रन प्रतियोगिता मानसिक र शारीरिक स्वास्थ्यको लागि अत्यन्तै उपयोगी रहेको चर्चा गरिन्।
नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष लक्ष्मी कुँवरलगायत सङ्घका पदाधिकारी एवं लेजर पोर्ट नेपालका पदाधिकारीले प्रतियोगिताका विजयीहरुलाई पुरस्कार प्रदान गरिन्।
उक्त दौड प्रतियोगितामा प्रहरी प्रधान कार्यालय तथा काठमाडौँ उपत्यका प्रहरी कार्यालय मातहतमा कार्यरत महिला प्रहरी कर्मचारी र विभिन्न संघसंस्थाका महिला प्रतिनिधिको सहभागिता रहेको थियो । प्रतियोगितामा तीन किलोमिटर, पाँच किलोमिटर र १० किलोमिटर दुरीको दौड आयोजना भएको थियो ।