गुल्मी दरबारमा आगलागी हुँदा ६ घरगोठ जले

राम्रो अनलाइन     १८ वैशाख २०८१, मङ्गलबार
गुल्मी दरबारमा आगलागी हुँदा ६ घरगोठ जले

 

गुल्मी– गुल्मीको गुल्मी दरबार गाउँपालिकामा आगलागी हुँदा ३ वटा घर र ३ वटा गोठ जलेर नष्ट भएका छन्। आगलागीमा एउटा मोटरसाइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।गुल्मी दरबार गाउँपालिका–५, डाँडापोखरीस्थित खरबारी र जंगलमा लागेको आगोले रविन ढकालको ३ तले घर र २ तले गोठ र आगलागीबाट रिता ढकालको एक तले गोठ पनि जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

गुल्मी दरबार गाउँपालिका–७ ढुंगे देउरालीका स्थानीयको खरबारी र जंगलमा लागेको आगो बस्तीमा सल्किँदा पुतली कार्कीको घरलाई पनि आंशिक क्षति पुर्‍याएको छ। प्रहरीका अनुसार कार्कीको घरको एउटा कोठामा क्षति पुगेको छ भने एउटा बाख्रा खोर जलेर पूर्ण रुपमा नष्ट भएको छ।

त्यस्तै, नरेन्द्र शर्मा ज्ञवालीको घरमा आंशिक क्षति पुगेको छ भने लु ४५ प ३६३ नम्बरको मोटरसाइकल पनि जलेर पूर्ण रुपमा नष्ट भएको छ। बजारमारे हर्रा रुखका सुवास खत्रीको गोठ र गोठमा रहेको एउटा भैंसी, ३ वटा बाख्रा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। सोही ठाउँकै लुरीकुमारी बस्नेतको गोठसँगै एउटा भैंसी पनि जलेको छ।

प्रहरीका अनुसार लक्ष्मी बस्नेतको २ तले खाली गोठ पनि जलेर पूर्ण रुपमा नष्ट भएको छ। अहिले बस्तीमा लागेको आगो नियन्त्रणमा आए पनि जंगलमा लागेको आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनएको छ।

प्रतिक्रिया