काभ्रेपलाञ्चोक–रोशी गाउँपालिका वडा नम्बर ४ महादेबटारको सानोपोटामा भएको आगलागीबाट क्षतिग्रस्त बस्तीका पिडित परिवारलाई राष्ट्रिय युवा संघका उपाध्यक्ष अमित लामाले संकलन गरेको राहत वितरण गरिएको छ । वनमा लागेको डडेलो बस्तीमा पसेपछि पुरै गाउँ नै आगलागीमा परेपछि युवा नेताको टोली अग्निपीडितलाई सहयोग गर्न सानोपोटा पुगेको थियो ।

नेकपा एमाले रोशी गाउँ कमिटीले अग्नीपिडितलाई आवश्यक सामाग्री किन्न पैसा आवश्यक पर्ने भएकाले नगदै सहयोग गरेको छ । बिहीबार रोशी गाउँकमिटीबाट पीडित प्रती परिवार नगद १५ हजार दरले १८ घरपरिवारलाई हस्तान्तरण गरेको हो । गाउँ कमिटी अध्यक्ष देव सागर लामाले अग्नि पीडितलाई सहयोग बितरण गरिएको जानकारी दिए।
रोशी गाउँ पालिका वडा न १ निवासी नेपाल राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय उपाध्यक्ष अमित लामाले आगलागी पिडित १८ परिवारलाई खाद्यान्नको व्यवस्थापन गरेका थिए । लामाले व्यक्तिगत रुपमा करिब एक लाख बराबरको चामल , दाल, तेल, चिनी, चिउरा लगायत खाद्यान्न बितरण गरेका थिए।
अमित लामाले आगोलागी पीडित परिवार लाई जस्तापाताको व्यवस्थापन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । आगालागी पीडितलाई सहानुभूति र राहत लिएर बागमती प्रदेश पुर्व मन्त्री चन्द्र लामा, पुर्व मन्त्री रेशम लामा, पुर्व सांसद नबिना लामा, एमाले काभ्रेका सचिव राजन भुर्तेल नेकपा एमाले प्रदेश कमिटी सदस्य दिलिप लामा , बबिता बोहरा, युवा संघका नेता सागर रायमाझी लगायत नेता कार्यकर्ता क्षतिग्रस्त बस्तीमा पुगेर आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् । तत्कालका लागि पालिका कमिटिले रु.१५ हजार रुपैयाँ नगद र खाद्यान्न वितरण गरेको र बाँकी सहयोग पनि निरन्तर रुपमा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।