काठमाडौंं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गरेको संसद अवरोधको प्रतिरोध गर्ने बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै कांग्रेससँग झक्नु नपर्ने बताउँदै अवरोधको प्रतिरोध गर्ने बताएका हुन् ।
उनले भने, ‘यो कांग्रेसको मात्रै सांसद हो, भोलिबाट कांग्रेस मात्रै बोल्ने अरू नबोल्ने,कांग्रेसले बकबास बोलिरहने हामी सुनिरहने होइन, देशको बहुमूल्य समय खेर फाल्न हुँदैन, संसद सुचारु हुनुपर्छ।’ उनले भने, ‘यस्तो हुन्छ? संसदमा भोलिदेखि हामीले बहस गर्न पाउनुपर्छ, अरु कुरा छैन। ’