बाजुराबाट रारा जाँदै गरेको जिप दुर्घटना

राम्रो अनलाइन     १० जेठ २०८१, बिहिबार
बाजुराबाट रारा जाँदै गरेको जिप दुर्घटना


बाजुरा– बाजुराबाट रारातर्फ जाँदै गरेको जिप मुगुको खत्याड गाउँपालिका वडा नम्बर २ जामको खोलामा दुर्घटना हुँदा १२ जना घाइते भए छन्।

बिहीबार बाजुरा जिल्लास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यमिक विद्यालयका विद्यार्थीलाई रारा तालमा शैक्षिक भ्रमण गर्न आएका विद्यार्थीले सवार गरेको  ग १ ज ८२४९ नम्बरको बोलेरो  जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।

घाइते हुनेमा ९ जना विद्यार्थी, दुई जना शिक्षक र चालक रहेको र घाइतेमध्ये चालक बाहेक सबैको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । 

सशक्त घाइते चालक तथा जिप धनी लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए । 

प्रतिक्रिया