भट्टेडाँडामा ट्याक्टर र मोटरसाइकलमाथि खस्यो पहिरो, दुई जना घाइते

राम्रो अनलाइन     १५ जेठ २०८१, मङ्गलबार
भट्टेडाँडामा ट्याक्टर र मोटरसाइकलमाथि खस्यो पहिरो, दुई जना घाइते

 

ललितपुर– ललितपुरको भट्टेडाँडामा सुख्खा पहिरो खस्दा दुई जना घाइते भएका छन्। 

मंगलबार बिहान पौने १० बजे बागमती गाउँपालिका वडा नम्बर ३ भट्टेडाँडा खरिबासमा सुख्‍खा पहिरो खसेर दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।  उनका अनुसार सुख्खा पहिरो ट्याक्टर र मोटरसाइकलमाथि खसेको थियो। 

पहिरो खसेर लाग्दा प्रदेश २–०३–००४ प – ५६६१ नम्बरको मोटरसाइकल चालक घाइते छन्। उनको उपचारको लागि नख्खुस्थित मेडिसिटी अस्पतालमा लगिएको छ। स १ त ७३१८ नम्बरको ट्याक्टर चालक भने सामान्य घाइते छन्।

अहिले एक्साभेटरको प्रयोगले पुरिएका बाइक र ट्याक्टर निकालिएको छ। अवरूद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ।

प्रतिक्रिया