रेमल आँधी: भारतकाे मिजोरममा २७ जनाको मृत्यु

राम्रो अनलाइन     १६ जेठ २०८१, बुधबार
रेमल आँधी: भारतकाे मिजोरममा २७ जनाको मृत्यु

 

भारत– भारतको मिजोरमको राजधानी आइजवलमा रेमल आँधीका कारण आएको पहिरोमा परेरे २७ जनाको मृत्यु भएको छ।

मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले यो जानकारी दिएको हो। मिजोरम सरकारको सूचना र जनसम्पर्क विभागलेभनेको छ, ‘चक्रवात रेमबाट सुरु भएको आइजवलमा पहिरोमा २७ जनाको मृत्यु भएको छ।’

पूर्वाधारमा क्षति पुगेपछि खानेपानी र बिजुलीको आपूर्ति पनि प्रभावित भएको छ।

मिजोरम सिएमले राज्य विपद् कोषको लागि १५ करोड रुपैयाँ विनियोजन गरेको र पहिरोमा परेर ज्यान गुमाएकाका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ।

चक्रवाती आँधी रेमलका कारण मिजोरममा भारी वर्षा भइरहेको छ। जसकाे प्रभाव नेपालमा पनि परेकाे छ।

प्रतिक्रिया