पुनः मतगणना आदेशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा

राम्रो अनलाइन     २५ जेठ २०८१, शुक्रबार
पुनः मतगणना आदेशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा

 

तनहुँ–उच्च अदालत पोखराको व्यास नगरपालिकाको प्रमुखको पदको पुनः मतगणना गर्ने आदेशका विरुद्ध तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सर्वाेच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । उच्चको फैसला नै त्रुटिपूर्ण रहेकाले बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो । यसको पेसी जेठ २७ गते आइतबार तोकिएको छ ।

गत जेठ १  उच्च अदालत पोखरा न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले आदेश दिएको थियो । निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको आदेशमा उल्लेख छ । असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भन्दै अदालतले नै तिथिमिति तोकिदिएको थियो  ।

२०७९ वैशाखमा भएको निर्वाचनमा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनःमतगणनाको माग गर्दै उच्च उदालत पोखरामा मुद्दा दर्ता गराउनुभएको थियो । निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको आदेशमा उल्लेख छ । असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भन्दै उच्च अदालतले नै मिति तोकिदिएको थियो ।

प्रतिक्रिया