राष्ट्रिय सभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० पारित

राम्रो अनलाइन     २९ जेठ २०८१, मङ्गलबार
राष्ट्रिय सभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० पारित

 

काठमाडाैं–  राष्ट्रिय सभाको आजको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० पारित गरेको छ ।

अर्थ मन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० सभाले सर्वसम्मतिले पारित भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक असार ४ गते मङ्गलवार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया