ओखलढुङ्गा– गए राती देखी परेको अविरल वर्षा सँगै आएको पहिरोले घर र गोठ पुरिदा एक जनाको ज्यान गएको छ । दुई गम्भीर घाइते भएका छन्।
ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–५ थुम्कीका ३९ वर्षीय बाबुराम खत्रीको ढुङ्गा माटोले बनेको कच्ची घर पुरिदा उनकी श्रीमती ३५ वर्षीय देव कुमारी खत्रीको घटना स्थलमै ज्यान गएको हो ।
पहिरोमा परि खत्री आफै र १८ वर्षीय छोरी मेनुका खत्री गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले बताए । घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरी निरीक्षक कार्कीको भनाई छ । पहिरोमा पुरिएका तीन वटा भैँसी र १४ वटा बाख्राको जीवितै उद्धार गरिएको छ ।