बुद्धको मूर्तीसहित तीन जना पक्राउ

राम्रो अनलाइन     १३ असार २०८१, बिहिबार
बुद्धको मूर्तीसहित तीन जना पक्राउ

 

बाँके– बाँकेमा बुद्धको मूर्ती चोरी गर्ने तीन जना पक्राउ परेक छन्।

पक्राउ पर्नेमा रुपन्देहीको तिलोतमा नगरपालिका – ११ का ५० वर्षीय खिमबहादुर कवर, सोही ठाउँकै ५० वर्षीय रामु न्यौपाने र  दाङको घोराही उपमहानगरपालिका – १५ का निमबहादुर कवर पक्राउ परेका छन् ।

बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार उनीहरुलाई राप्तीसोनारी गाउँपालिका– ८ ढकेरी शम्शेरगञ्जबाट बुधबार दिउँसो पक्राउ गरिएको हो।

पूर्व–पश्चिम राजमार्गमा यात्रा गरिरहेका उनीहरूलाई चेकजाँचका क्रममा मूर्तीसहित पक्राउ गिएको डिएसपी डाँगीले जानकारी दिए। रुपन्देहीका खिमबहादुरले बोकेको झोला चेकजाँचका क्रममा बुद्धको मूर्ती फेला परेको थियो।  

ॐ नमः शिवाया लेखिएको मूर्ती पँहेलो धातुको रहेको छ। जस्को पिधको गोलाइ १ फिट ६ इञ्च, पिधदेखि शिरसम्मको उचाइ ९ इञ्च, तौर ८ किलो ६८० ग्राम रहेको छ । मूर्ती पँहेलो धातु बाट निर्मित भएपनि अधिकांश भागमा कालो रङको पालिस लगाइएको अवस्थामा फेला परेको छ । यो मूर्ती प्राचिन र बहुमूल्य हुन सक्ने आशंका प्रहरीको छ । त्यसको अध्ययन तथा परीक्षणका लागि पुरातत्व विभागमा पठाउने तयारी प्रहरीको छ । मूर्ती कहाँ बाट र कसरी ल्याइएको हो भन्ने बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया