सप्तरी – सप्तरीमा ६ महिनामा १२ जना बालिका बलात्कृत भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार सन २०२४ जनवरीदेखि जुनसम्मको अवधिमा भएको १२ घटनामा १४ देखि १७ वर्ष उमेर समूहका १२ जना बालिका बलात्कृत भएका हुन्। जसमध्ये एक जना अपाङ्गता भएकी बालिका छिन् ।
यी घटनाहरू सप्तरीको नौ ओटा नगरपालिकामध्ये ६ ओटा पालिका र नौ गाउँपालिकामध्ये तीन वटा पालिकामा बालिका बलात्कारका घटना भएका हुन ।
घटनामा संलग्न आरोपितहरूमा १५ देखि १६ वर्ष उमेर समूहका बालकदेखि ३० वर्ष उमेर समूहका १२ जना रहेका छन् । आरोपितहरूमध्ये पुर्पक्षका लागि थुनामा तीन, बाल सुधार गृहमा एक र फरार ६ जना छन् ।
जिल्ला प्रहरी कार्यालयका एसपी गजुसिद्दी ब्रजाचार्यले हालै जेठ ३१ गते २० वर्षीय र असार ७ गते २३ र २५ वर्षीय युवक गरी तीन जना आरोपित अनुसन्धानका लागि गिरफ्तार भएको बताउनु भयो ।