महानगरले चलायाे अख्तियार आयुक्तको घरमा डाेजर

राम्रो अनलाइन     १९ असार २०८१, बुधबार
महानगरले चलायाे अख्तियार आयुक्तको घरमा डाेजर

 

काठमाडाैं–  अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरमा ललितपुर महानगरपालिकाले डाेजर चलाएकाे छ।

ललितपुर महानगर–१० चाकुपाटस्थित अमात्यको घरमा महानगरले बुधबार दिउँसो डाेजर लगाएर पर्खाल भत्काएको हाे।

अमात्यले गुठीको जग्गा मिचेको र गुठीयारले जग्गा खाली गराउन पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि डाेजर चलाइएकाे महानगरले जनाएको छ।

महानगरका मेयर चिरिबाबु महर्जनकाे निर्देशनमा अमात्यको घरको मूलगेट र पर्खाल भत्काइएकाे हाे।

प्रतिक्रिया