भरतपुर– भरतपुर महानगरपालिका–२८ गोलाघाटमा एक पुरुषको शव भेटिएको छ।
नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३०र३५ वर्षको पुरुषको शव फेला परेको हो। उक्त शव शुक्रबार बिहान सिमलताल पहिरोमा यात्रुसहित बेपत्ता बसको हुन सक्ने अनुमान गरिएको छ।
शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। शनिबार पनि यस ठाउँमा एउटा शव फेला परेको थियो। उक्त शव सिमलताल पहिरोमा बेपत्त बसका यात्रुको भएको पुष्टि भएको छ।