पाेखरामा स्कुल बस दुर्घटना हुँदा एक विद्यार्थीकाे मृत्यु

राम्रो अनलाइन     १४ साउन २०८१, सोमबार
पाेखरामा स्कुल बस दुर्घटना हुँदा एक विद्यार्थीकाे मृत्यु

 

काठमाडाैं – पोखरामा स्कुल बस दुर्घटना हुँदा एक विद्यार्थीकाे मृत्यु भएकाे छ।   सोमबार बिहान साढे ८ बजेतिर पोखरा महानगरपालिका–२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना हुँदा बालिकाकाे मृत्यु भएकाे हाे। 

हालसम्म उनकाे पहिचान खुल्न सकेकाे छैन।  बसमा विद्यार्थी र विद्यालयका कर्मचारी गरी २४ जना सवार रहेको घटनास्थलमा रहेका एक प्रहरी अधिकारीले जानकारी दिए।

दुर्घटनामा परेकाहरूको उद्धार गरेर अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया