८ किलो गाँजासहित एक युवती पक्राउ

राम्रो अनलाइन     २० साउन २०८१, आइतबार
८ किलो गाँजासहित एक युवती पक्राउ

 

काठमाडाैं – साढे ८ किलो गाँजासहित बारामा एक जना युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका(७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठ छिन् । उनलाई प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको हो ।

जितपुर सिमरा उपमहानगरपालिका(१ आधाभार जंगलबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । पक्राउ परेकी श्रेष्ठविरुद्ध लागुऔषधको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।


 

प्रतिक्रिया