काभा वुमन्स नेसन्स भलिबलमा आज नेपालको प्रतिस्पर्धा माल्दिभ्ससँग

राम्रो अनलाइन     २१ साउन २०८१, सोमबार
काभा वुमन्स नेसन्स भलिबलमा आज नेपालको प्रतिस्पर्धा माल्दिभ्ससँग

 

काठमाडौँ– नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगअन्तर्गत आज (सोमबार) माल्दिभ्ससँग खेल्दैछ। यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज साँझ ५ : १५ बजेदेखि सुरु हुने छ।

नेपालले जारी प्रतियोगितामा यसअघि खेलेका ३ खेलमा २ जित र एक हारसहित ६ अंक हासिल गरेको छ। त्यस्तै माल्दिभ्सले भने यसअघि खेलेका तीनै खेलमा हार ब्यहोरेर प्रतियोगिताबाट बाहिरिइसकेको छ।

त्यस्तै आज यो खेलअघि भारत र श्रीलंकाबीच पहिलो खेल हुँदैछ। प्रतियोगिताको सेमिफाइनलमा आयोजक नेपालसहित भारत, इरान र श्रीलंका पुगिसकेका छन्। भने, आजका खेलले सेमिफाइनलको समीकरण तय गर्नेछ।

प्रतिक्रिया