१४५ अंकले घट्यो सेयर बजार, भयो २३ अर्बमाथिको कारोबार

राम्रो अनलाइन     २२ साउन २०८१, मङ्गलबार
१४५ अंकले घट्यो सेयर बजार, भयो २३ अर्बमाथिको कारोबार

 

काठमाडौँ– मंगलबार सेयर बजारमा तीव्र गिरावट आएको छ ।  एक महिना यता लगातार बढेर झण्डै २८ सयको विन्दु नजिक पुगेको बजारमा मंगलबार एकाएक १४५ अंकले गिरावट आउँदै २६५१ अंकमा झरेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार समग्रमा नेप्से ५.१८ प्रतिशतले बजार खस्किएको छ । तथापि यसदिन २३ अर्ब ७१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

२३३ कम्पनीको सेयर मूल्य घट्दा जम्मा ८ वटा कम्पनीको मात्र बढेको छ । मंगलबार हिमालय रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिदा कम्पनीको मात्र १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार १३ वटै उपसूचक ऋणात्मक भएका छन् ।

प्रतिक्रिया