पेरिस ओलम्पिक : धाविका सन्तोषी ७९औँ स्थानमा

राम्रो अनलाइन     २७ साउन २०८१, आइतबार
पेरिस ओलम्पिक : धाविका सन्तोषी ७९औँ स्थानमा

 

काठमाडौं – नेपाली धाविका सन्तोषी श्रेष्ठले फ्रान्सको पेरिसमा जारी ओलम्पिक–२०२४ अन्तर्गत महिला म्याराथनमा ७९औँ स्थानमा अटाएकी छन्। 

आइतबार भएको म्याराथनमा सन्तोषीले निर्धारित दूरी दुई घन्टा ५५ मिनेट ६ सेकेन्डमा पूरा गरे। महिला म्याराथनमा विश्वका ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये ११ जनाले दौड पूरा गर्न सकेनन् । पहिलो पटक ओलम्पिक खेलेकी हुन्, सन्तोषीले वाइल्ड कार्डमार्फत पेरिस यात्रा तय गरेका छन्। 

जसमा नेदरल्यान्ड्सकी सिफन हसनले ओलम्पिक कीर्तिमानसहित स्वर्णपदक जिए। उनले निर्धारित दूरी दुई घन्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गरेका छिन्। रजत पदक इथोपियाकी असिफा टिग्स्टको नाममा रह्यो । उनले दुई घन्टा २२ मिनेट ५८ सेकेन्डमा दूरी पार गर्नुभएको थियो । केन्याकी धाविका ओबेरी हेललले दुई घन्टा २३ मिनेट १३ सकेन्डमा दूरी पार गर्दै काँस्य पदक जिए । 

सन्तोषीको दौडसँगै पेरिस ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ ।  यसअघि नै टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह तथा जुडोकी मनिता श्रेष्ठ प्रधान ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी थिइन् । 

प्रतिक्रिया