लायन्स क्लब इन्टरनेशनलद्वारा कान्ति भैरव गुरुकुललाई सहयोग हस्तान्तरण 

राम्रो अनलाइन     ३० साउन २०८१, बुधबार
लायन्स क्लब इन्टरनेशनलद्वारा कान्ति भैरव गुरुकुललाई सहयोग हस्तान्तरण 

 

काठमाडौं–लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिस्ट्रीक ३२५ एफ का डिस्ट्रीक गभर्नर लायन शंकर  प्रसाद शारदाको प्रमुख आतिथ्य, पुर्व गभर्नर तथा मल्टीपल डिस्ट्रीक लियो चियर पर्सन लायन मधुकर उपाध्याय, पुर्व गभर्नर लायन बिष्णु भाइ श्रेष्ठ, प्रथम भ्वाइस गभर्नर लायन केशर भण्डारी, मल्टीपल डिस्ट्रीक एड्मिनिस्ट्रेटर लायन प्रधुम्न पोखरेलको बिशिस्ट आतिथ्य तथा जोन १९ का जओन चियर पर्सन लायन दिनेश कार्कीको संयोजनमा लायन्स क्लब अफ ओखलढुंगा पोकली वाटर फल, काठमाडौं हाइट र हलेसी मार्टको संयुक्त आयोजनामा कान्ति भैरव गुरुकुल गोकर्णमा अध्ययनरत  ६४ जना बटुक, प्राचार्य तथा कर्मचारी लगायत कार्यक्रममा सहभागी समेत ९६ जनालाई  बिहानको खाना खुवाउने र खाद्यान्न १० बोरा चामल, तरकारी तथा प्रधुम्न पोखरेल, डा शीला बर्मा र दिनेश कार्कीबाट प्रति  ब्याक्ती रु १५ हजारले प्राप्त जम्मा रु ४५००० नगद सहित हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको  संचालन डिस्ट्रीक मेन्टल हेल्थ चियर पर्सन लायन गुरु केदार बरालले गरेका थिए।  

कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर शंकर प्रसाद शारदाले क्लबहरुले सहयोग कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै गुरुकुललाई आउँदा दिनहरुमा पनि सकेको सहयोग गरिने प्रतिबद्धता जाहेर गरे । पुर्व गभर्नर मधुकर उपाध्यायले गुरुकुलले भाषा र संस्कृतिको संरक्षण तथा प्रबर्द्धनमा पुर्‍याउदै आएको सेवामा सदैब लायन्स क्लबले सहयोगी भुमिका निर्बाह गर्ने बताए । 

पुर्व गभर्नर बिष्णु भाइ श्रेष्ठले उक्त कार्यक्रम  सो ठाँउमा आयोजना गरेकोमा धन्यवाद दिए । प्रथम गभर्नर केशर भण्डारी र मल्टीपल एड्मिनिस्ट्रेटर प्रधुम्न पोखरेलले सहयोग कार्यक्रम संचालन गरि सहभागी हुने अवसर दिएकोमा सबैलाई धन्यवाद दिदै आआफ्नो क्षेत्रबाट यस्ता कार्यक्रम सक्दो सहयोग गर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै पोकाली वाटर फलका प्रेसिडेण्ट सिताराम बानियाले गुरुकुलका संचालक, प्राचार्य तथा बटुकहरु प्रती सेवा गर्ने अवसर दिएको आभार प्रकट गर्दै सहयोग खासै ठूलो नभए तापनि यसले सबै पक्षलाई गुरुकुलमा सहयोग गर्न प्रेरित गर्ने बताए । हलेसी मार्टका चार्टर प्रेसिडेन्ट दीपक कटवालले अहिलेको अवस्थामा गुरुकुलले भाषा, संस्कृतिको संरक्षणमा  अहम भुमिका खेलेको छ भने।  

जोन चियर पर्सन दिनेश कार्कीले आयोजक क्लबका लायन तथा प्रमुख अतिथि, बिशिस्ट अतिथि र गुरुकुलका ब्यवस्थापक, प्राचार्य, बटुक सबैलाई आफुले दिएको निमन्त्रणालाई स्वीकार गरि कार्यक्रम सम्पन्न गर्न पुर्‍याएको योगदानको लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यसै गरी साथ र सहयोगको अपेक्षा रहेको बताए ।  कार्यक्रममा सम्बोधन गर्ने सबै लायन लिडरले गुरु केदार बरालको लायन्स क्लब प्रतिको लगनशीलता र उत्प्रेरणालाई  मुक्तकण्ठले तारिफ गरेका थिए । कार्यक्रम संचालन गर्दै गुरु केदार बरालले लायन सधै जाग रहने र जहाँ आवस्यकता पर्छ त्यहाँ अग्रपंक्तिमा रहने बताए । गुरुकुलका प्रधानध्यापक श्रीराम अधिकारीले सहयोग सामाग्री लिदै गुरुकुलको स्थापन र यसको भुमिकाको बारेमा बोलेका थिए ।

कार्यक्रमको समापन गर्दै काठमाडौ हाइटका अध्यक्ष डा शीला बर्माले गुरुकुलले प्राचीन ग्रन्थ , बेदको अध्ययन गराउनु पर्ने बताएकी थिइन् । कार्यक्रममा काठमाडौ हाइटका चर्टर प्रेसिडेन्ट मनोज कुमार सापकोटा, लायनहरु डा पवन सुल्तानिया, रेखा पराजुली, सन्ध्या दिवाकर, सुवर्ण मानन्धर, अनु श्रेष्ठ , टंक कटवाल लगायतको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया