लायन्स क्लब अफ ओखलढुंगा पोकली वाटरफलको नियमित  बैठक सम्पन्न 

राम्रो अनलाइन     ०१ भदौ २०८१, शनिबार
लायन्स क्लब अफ ओखलढुंगा पोकली वाटरफलको नियमित  बैठक सम्पन्न 

 

काठमाडौं–लायन्स क्लब इन्टरनेसनल  मल्टिपल डिस्ट्रिक ३२५ अन्तर्गतको  लायन्स क्लब अफ ओखलढुंगा पोकली वाटरफलको नियमित  बैठक क्लबका अध्यक्ष लायन सिताराम बानियाको अध्यक्षतामा हालसम्म भए गरेका कामको समिक्षा गर्दै आगामी दिनमा गरिने कार्य योजना र क्लब ब्यवस्थापनका विविध बिषयमा निर्णय गर्दै सम्पन्न भएको छ ।  

बैठकमा आमन्त्रित प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षकको रुपमा मल्टिपल डिस्ट्रिक एडमिनिस्ट्रेटर लायन प्रधुम्न पोखरेल र पोकली झरना सेवा समाजका पुर्व अध्यक्ष तथा डिस्ट्रिक मेन्टल हेल्थ चियर पर्सन लायन गुरु केदार बरालको उपस्थिति  रहेको थियो । प्रधुम्न पोखरेलले  क्लबका पदाधिकारी तथा सदस्यहरुलाई लायन्सको भुमिका, स्थापना, लायन्सका पदाधिकारी तथा सदस्यहरुको काम कर्तव्यको बारेमा सैद्धान्तिक तथा ब्यबहारिक ज्ञान  सम्बन्धमा प्रशिक्षण दिदै क्लबमा सक्रिय हुने उर्जा र उत्प्रेरिण प्रदान  गरेका थिए। 

गुरु केदार बरालले पोकली झरनाको बारेमा सबैलाई जानकारी गराउदै  लायन निजी फाइदा होइन सेवा हो सबैले निःस्वार्थ  भावले कार्य गर्नुपर्छ र त्यसैले सबैको सामु उदाहरणीय बनाउन सक्छ भन्ने बिचारका साथ सबैलाई सेवा भावमा प्रेरित  गरेका थिए ।  क्लब सचिव दामोदर अधिकारीले क्लबबाट भए गरेको कार्य विवरण र आगामी कार्य योजना प्रस्तुत गर्नु भयो । कोषाध्यक्ष सुदिप चालिसेले क्लबको आर्थिक पक्ष प्रस्तुत गरेका थिए । क्लवमा चार्टर प्रेसिडेन्ट वर्षा रावत सहित उपस्थित सबैले  विविध बिचार सहित छलफलमा भाग लिएका थिए।

प्रतिक्रिया