कास्की– महिला उद्यमी महासंघ (एफवीन) द्वारा आयोजित होमस्टे व्यापार र डिजिटल साक्षरता तालिमको सिकाइ र अनुभव आदानप्रदान कार्यक्रम पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको सीएसआर अन्तर्गत सञ्चालित परियोजना ‘महिलाको आर्थिक सशक्तीकरणमार्फत उद्यमशीलता विकास र डिजिटलाइजेसन र डिजिटलाइजेशनको माध्यमबाट महिलाको आर्थिक सशक्तिकरण, महिला–स्वामित्व व्यवसाय’ परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।

एफवीनकी अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षता तथा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख अतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले महिला उद्यमीहरूलाई प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गण्डकी प्रदेशका करिब १०० महिला उद्यमीको सहभागिता रहेको उक्त कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य दीपेन्द्र बहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारी, एफवीनका उपाध्यक्ष बसन्ती प्रधान, कार्यकारिणी सदस्य/गण्डकी प्रदेश प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा पार्वती पौडेल रेग्मी, एफवीनकी कार्यकारी निर्देशक अभिलाषा पौडेल तथा वान कास्की र वान बागलुङका प्रतिनिधिहरू पनि सहभागी थिए ।

तालिमका सहभागीहरूलाई होमस्टे सञ्चालनका लागि आवश्यक पर्ने भान्साका सामानहरू र साङ्गीतिक उपकरणहरू प्रदान गरिएको थियो । कार्यक्रमले गण्डकी प्रदेशमा महिला उद्यमीहरूलाई सशक्तिकरण, दिगो पर्यटन प्रवद्र्धन र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न महत्वपूर्ण सहयोग पुग्न विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।
